गुगल सीईओ सुन्दर पिचाईकी सहपाठी शर्मिष्ठाले आईटीमा मचाइन् धुम

  २०८१ वैशाख २७ गते ९:४२     विकासन्युज

काठमाडौं । शर्मिष्ठा दुबे जमशेदपुरकी बासिन्दा हुन् । लोयोला स्कुलमा पढेपछि उनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) खडगपुरबाट बीटेक गरिन्।

गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाई उनका सहपाठी थिए । त्यो समूहमा उनी एक्ली महिला थिइन् ।

हालै आईआईटी खडगपुर दीक्षान्त समारोहको ती दिनहरूको एक तस्वीर पनि सोसल मिडियामा भाइरल भएको थियो जसमा शर्मिष्ठा पिचाईसँग देखिन्छिन् ।

यो तस्वीर अनन्या लोहानी नामकी एक सफ्टवेयर इन्जिनियरले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा सेयर गरेकी हुन् । अनन्याका बुबा आईआईटी खडगपुरमा सुन्दर पिचाईको ब्याचमा थिए ।

यसरी भयो करियर सुरु

शर्मिष्ठा दुबेले धेरैलाई प्रेरणा दिन्छिन् । कडा परिश्रम र लगनशीलताले हरेक सपना पूरा गर्न सकिन्छ भन्ने उदाहरण हुन् उनी । दुबेले आफ्नो व्यावसायिक यात्रा सन् १९९८ मा टेक्सास इन्स्ट्रुमेन्ट्समा इन्जिनियरको रूपमा काम गरेर सुरु गरेकी थिइन् ।

त्यसपछि उनी सप्लाई चेन म्यानेजमेन्ट सफ्टवेयर कम्पनी i2 टेक्नोलोजीमा सामेल भइन् ।

सन २००६ मा शर्मिष्ठा म्याच डट कममा जोडिइन् । उनले त्यहाँ म्याच ग्रुप अमेरिकाको अध्यक्ष, प्रमुख उत्पादन अधिकारी र प्रिन्सटन रिभ्यु ईभीपी लगायत भूमिकामा काम गरिन् ।

दुबेले २०१३ देखि १४ सम्म टुर डटकमका लागि कार्कारी उपाध्यक्ष (ईभीपी) का रूपमा पनि काम गरिन् ।

२०१७ मा शर्मिष्ठा टिन्डरको प्रमुख सञ्चालन अधिकृत (सीओओ) नियुक्त भइन् । त्यसपछि मार्च २०२० मा उनी यसको सीईओ भइन् ।

उनले कोरोना महामारीका बेला ३० खर्बभन्दा बढी मूल्यका कम्पनीको समूहको नेतृत्व गरेकी थिइन् ।

१ जनवरी २०१८ मा शर्मिष्ठालाई म्याच समूहको अध्यक्ष नियुक्त गरियो । २०१९ मा उनी यसको सञ्चालक समितिमा सामेल भइन् ।

त्यसपछि १ मार्च २०२० मा शर्मिष्ठालाई यस समूहको सीईओ बनाइयो । उनले म्यान्डी गिन्सबर्गलाई प्रतिस्थापन गरिन् । त्यसपछि गिन्सबर्गले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका थिए ।

शर्मिष्ठाले कोभिड-१९ महामारीले अमेरिकालाई असर गरिरहेको अवस्थामा म्याच ग्रुपको सीईओको रूपमा आफ्नो भूमिका निर्वाह गरिन् ।

पिचाई र शर्मिष्ठा आईआईटीको १९९३ ब्याच

मे २०२२ मा शर्मिष्ठा दुबेले म्याच ग्रुपको सीईओ पदबाट राजीनामा दिइन् । त्यसपछि बर्नार्ड किमले यो पद सम्हालेका थिए । दुबेले म्याच ग्रुपमा निर्देशकको रूपमा काम गर्न जारी राखिन् । म्याच ग्रुप टिन्डर र ओकेक्युपिड जस्ता विभिन्न डेटिङ एपहरूको मूल कम्पनी हो।

पिचाई र दुबे दुबै आईआईटी खडगपुरमा धातु विज्ञानमा बीटेकको १९९३ ब्याचका थिए । सिलिकन भ्यालीमा पिचाईको सफलतालाई भारतीयहरूका लागि सफलताको कथा मानिन्छ ।

यद्यपि, शर्मिष्ठा आईआईटीमा उनको एकमात्र महिला सहपाठीको कथा पनि कम प्रेरणादायक छैन । उनी अनलाइन डेटिङ गेमलाई पुनः आविष्कार गर्नका लागि परिचित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.