भिभोको वाई ०३ बजारमा सार्वजनिक

  २०८१ वैशाख २४ गते १६:४०     विकासन्युज

काठमाडौं । भिभोले मातातिर्थ औंशीको अवसर पारेर भिभो वाई ०३ बजारमा सार्वजनिक गरेको छ । यो स्लीक डिजाइन, शक्तिशाली कार्यसम्पादन र लामो समय सम्म चल्ने ब्याट्रीको मिश्रण भएको दावी गरिएको छ । यसमा ४+४ जीबीको एक्सटेन्डेड ¥याम र ६४ जीबीकोे भण्डारण क्षमता रहेकोे छ ।

यो फोनको मुल्य १३ हजार ४ सय ९९ रहेको छ । बजारमा आजैबाट आधिकारिक रिटेल स्टोर र दराज अनलाईनबाट एकैपटक सार्वजनिक गरिएको जनाइएको छ । यसमा ९० हर्जको रिफ्रेस रेटको साथ ६.५६ इन्चको इमर्सिभ डिस्प्ले राखिएको छ । यसले सिमलेस भिजुअल र सहज नेभिगेसनको सुनिश्चिता गर्ने बताइएको छ ।

मिडियाटेक हेलिओ जि ८५ प्रोसेसरद्वारा सञ्चालित यो फोनमा प्रयोगकर्ताहरूले राम्रो मल्टिटास्किङ र सहज कार्यसम्पादनको आनन्द लिन सक्ने छन् । आकर्षक डिस्प्ले र बलियो कार्यसम्पादन बाहेक भिभो वाई ०३ को ठूलो ५००० एम ए एच ब्याट्री र उत्कृष्ट १५ वाटको फ्ल्यास चार्जले दिनभरी उपयोग गर्न सकिने ग्यारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।

नवीनतम एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित फन टच ओएस १४ मा चलिरहेको वाई ०३ ले सहज र सुविधाजनक उपयुक्त विकल्पहरू सहित प्रयोगकर्ताहरूलाई सुविधाजनक अनुभव प्रदान गर्ने दावी गरिएको छ । फोटो खिच्नको लागि भिभो वाई ०३ मा डुअल १३ एमपी रियर क्यामेरा सेटअप गरिएको छ । यसले स्पष्ट र विस्तृत फोटो खिच्न मद्दत गर्ने उल्लेख गरिएको छ ।

यसमा सेल्फी र भिडियो कलका लागि ५ एमपी फ्रन्ट क्यामेरा पनि राखिएको छ । कम्पनीका अनुसार वाई ०३ ले आई पी ५४ रेटिङ प्रदान गर्दछ । भिभोले आमाहरुको लागि विशेष सुविधा पनि ल्याएको जनाएको छ । भिभो वाई ०२ टि अब १२ हजार ९ सय ९९ मा पाउन सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.