जनकपुरमा पेस्तोल देखाएर सहकारीका कर्मचारीबाट ८० लाख लुटियो

  २०८१ वैशाख २४ गते १४:०१     विकासन्युज

काठमाडौं । जनकपुरधाममा हतियारधारीले सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेका छन् ।
शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटेको प्रहरीले जनाएको छ ।

महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको जनाएका छन् ।

महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गरेको बताइएको छ । धनुषा प्रहरीले घटनाका विषयमा अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.