अत्याधुनिक ल्याब सञ्चालन गर्न नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिकबीच सम्झौता

  २०८१ वैशाख २३ गते १६:११     विकासन्युज

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टरबीच काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्झौता भएको छ । उक्त सम्झाैता वीरगञ्जमा भएको हो । सम्झौतापत्रमा नेक्सजेन म्यानेजमेन्टका तर्फबाट अध्यक्ष रमेशकुमार भट्टराई र मंगलम डायग्नोष्टिक सेन्टरका तर्फबाट अध्यक्ष प्राडा. अमरनाथ ठाकुरले हस्ताक्षर गरेका छन् ।

वीरगञ्ज मुख्य कार्यालय रहेको मंगलम डायग्नोष्टिक सेन्टरले विशेषज्ञ डाक्टरहरू राखेर वीरगञ्जलगायत जनकपुरमा पनि अत्याधुनिक ल्याब सेवा प्रदान गरिरहेको छ । सेन्टरले अब काठमाडौंमा पनि अत्याधुनिक र एकीकृत डायग्नोष्टिक सेवा दिने लक्ष्य राखेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

‘काठमाडौंमा डायग्नोष्टिक सेवा दिने ल्याबहरू खुल्ने र बन्द हुने क्रम जारी रहेको छ । हस्पिटलहरूको आफ्नै ल्याब पनि छ। तर, अहिले पनि विश्वसनिय डाडायग्नोष्टिकको लागी नेपालीहरू भारतलगायत अन्य देश गइरहेका छन् । सोहि अवस्थालाई हेरेर विश्वसनिय र भरपर्दो डायग्नोष्टिक सेवा दिन काठमाडौंमा छुट्टै ल्याबको आवश्यकता देखिएको छ,’ उनले भने ।

सम्झौताअनुसार नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा सञ्चालित ल्याबहरूको अवस्था अध्ययन गर्नेछ । अध्ययन गरी नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालिले मंगलम डायग्नोष्टिक सेन्टर प्रालिलाई प्रतिवेदन बुझाउने छ । नेक्सजेनले थप लगानीकर्ता खोज्ने र मंगलम डायग्नोष्टिक सेन्टर प्रालि आफैले पनि लगानी गरी आफ्नै व्यवस्थापनमा नयाँ अत्याधुनिक डायग्नोष्टिक सेन्टर सञ्चालन गर्ने तयारी छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रालि सम्पत्ति व्यवस्थापन गर्ने कम्पनी हो । नेक्सजेनले हालै काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा कोरियन कम्पनिसँग सम्झौता गरेको छ । कोरियन कम्पनीले नेपालमा ६ अर्ब रूपैयाँ लगानीको उद्योग स्थापनामा सहजीकरण र परामर्श सेवा दिने सम्झौता पनि नेक्सजेन म्यानेजमेन्टले गरिसकेको जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.