सिंहेश्वरी माविका विद्यार्थीलाई नेपाल एसबिआई बैंकद्वारा १५३ थान ट्रयाक सुट प्रदान

  २०८१ वैशाख २२ गते १०:१६     विकासन्युज


काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाक सुट वितरण गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त विद्यालयका कक्षा एल केजीदेखि कक्षा चारसम्मका विद्यार्थीलाई १५३ थान ट्रयाक सुट प्रदान गरेको हो । बैंकले शिक्षा क्षेत्रमा यस खालका कार्यक्रम विगत लामो समयदेखि गर्दै आइरहेको छ ।

सोही कार्यक्रममा बचत, लघु कर्जा, बैंक खातामार्फत विप्रेषण, सहुलियत कर्जा तथा अन्य बैंकिंग सुरक्षा तथा सचेतना सम्बन्धि वित्तीय साक्षरता कार्यक्रमसमेत आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा बैकका धर्मदेवी शाखा प्रबन्धक सुशील निरौला, स्कुलका प्रधानाध्यापक देवी माया अधिकारी तथा बैंकका कर्मचारीहरू, स्कुलका शिक्षक, कर्मचारी र स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

हाल बैंकले ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.