२०८१ जेठ ८ गते ११:०६ विकासन्युज
काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलबार तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले नै घटेर तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेर प्रतितोलामा १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.