२०८१ वैशाख २० गते १६:१४ विकासन्युज
प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । ‘आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,’ उनले भने, ‘पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।’
‘असी प्रतिशत वन डढेलाको घटनाहरु फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरु हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिममको समयमा छौँ’, शर्माले भने । मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरु हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए ।
प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.