बझाङ प्रदेशसभा १ मा एमालेका भण्डारी विजयी

  २०८१ वैशाख १७ गते १३:४८     विकासन्युज

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

उनले नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंकलाई २६६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

भण्डारीले ११ हजार ६१२ मत पाएका छन् भने काँग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका हुन् । तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९६७ मत पाए ।

यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.