भारतीय सेयर बजारले कायम गर्यो एतिहासिक रेकर्ड

  २०८० चैत १९ गते १०:४३     विकासन्युज

एजेन्सी । आज भारतीय सेयर बजार ठूलो उछालका साथ सुरुवात भएको छ । शेयर बजार खुल्ने बित्तिकै ७४ हजार १०१ को उच्च विन्दुमा पुगेको छ । बजार खुलेको २० मिनेटभित्रै सेन्सेक्स र निफ्टीले नयाँ रेकर्ड बनाएका छन् । यी दुवै सूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् ।

सेन्सेक्स र निफ्टी ऐतिहासिक उचाईमा

सेयर बजारले आजदेखि नयाँ आर्थिक वर्षको सुरुवात गरेको छ र बजार खुल्ने बित्तिकै सेन्सेक्स र निफ्टीले अहिलेसम्मकै उच्च रेकर्ड पार गरेर नयाँ ऐतिहासिक तह पार गरेका छन् । नेशनल स्टक एक्सचेन्ज (एनएसई) को निफ्टी २२,५२९.९५ अंकको नयाँ उच्च बिन्दुमा पुगेको छ भने बीएसई सेन्सेक्स ७४,२५४.६२ को नयाँ उचाइमा पुगेको छ । यी दुवै सूचकहरुले अहिले आ-आफ्नो सर्वकालिक उच्च क्षेत्रको दायराभित्र रहेर कारोबार गरिरहेका छन् ।

यस्तो रह्यो बजारको शुरुवात ?
भारतीय बजारको आजको शुरुवात ३१७.२७ अंक वा ०.४३ प्रतिशतको उचाईका साथ ७३,९६८ को स्तरमा भएको थियाे भने एनएसई निफ्टी १२८.१० अंक वा ०.५७ प्रतिशतको उछालका साथ २२,४५५ को स्तरमा खुलेको थियाे ।

सेन्सेक्स पुग्यो ७४,२०८ को बिन्दुमा
बिएसई सेन्सेक्स आज ५५७ अंकका साथ आज ७४,२०८ बिन्दुमा पुगेको छ । सेन्सेक्सका ३० मध्ये २ कम्पनीको सेयर मात्र ओरालो लागेको छ भने २८ वटा कम्पनीको सेयरमा पनि हरियो चिन्हमा कारोबार भइरहेको छ । सेन्सेक्समा जेएसडब्लु स्टिल २ प्रतिशत र टाटा स्टिलमा १.७० प्रतिशतले वृद्धि भएको छ । कोटक बैंक १.५५ प्रतिशत र एचडीएफसी बैंक १.२५ प्रतिशतले बढेको छ । बजाज फिनसर्व १.१५ प्रतिशत र एशियन पेन्ट्स १.११ प्रतिशतले बढेको छ ।

निफ्टी स्टकको अवस्था
बीएसई सेन्सेक्ससँगै आज एनएसई निफ्टी पनि उच्चतम स्तरमा झूलिरहेको छ। ५० मध्ये ४८ वटा कम्पनीको शेयरमा उछाल आएको छ भने २ वटाको मात्र गिरावट आएको छ । जेएसडब्ल्यू स्टील, टाटा स्टील, श्रीराम फाइनेंस, अपोलो हॉस्पिटल्स र एलएन्डटीको सेयर कारोबार गर्नेहरुले सबैभन्दा धेरै कमाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.