रिडी पावरको हकप्रद सेयर बाँडफाँट, वैशाख २० बाट पैसा फिर्ता

  २०८१ वैशाख १८ गते ८:३८     विकासन्युज

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले गत चैत्र २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर बाँडफाँट गरको छ ।

वैशाख ९ गतेसम्म परेको बोलपत्रहरू वैशाख १३ गते खोलिएकोमा वैशाख १७ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले उक्त हकप्रद सेयर बाँडफाँट गरेको हो ।

कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकहरूको सेयर वापतको रकम वैशाख २० गतेबाट आईपीएसमार्फत आवेदकले उल्लेख गरेको बैंक खातामा  जम्मा गराइने छ ।

साथै, बाँडफाँटको अन्तिम मूल्य १४८.१० रुपैयाँ रहेकोमा उक्त मूल्यमा बोलपत्र पेस गर्नेहरूको हकमा सापेक्षिक भारअनुसार समानुपातिकरूपमा सेयर बाँडफाँड गरिएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.