सेयर बजारमा १२५ कम्पनीको मूल्य बढ्दा २६ को घट्यो, कारोबार रकममा वृद्धि

  २०८१ वैशाख १८ गते १५:३४     विकासन्युज

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । सेयर बजार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६ अंकमा कायम भएको छ ।

त्यस्तै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा दोब्बर बढेको छ । अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८० करोडको कारोबार भयो ।

आज २१५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ कम्पनीको सेयर मूल्य घटेको छ भने ४ को स्थिर रह्यो ।

आज सबैभन्दा धेरै शाइन रेसुङगा डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १७ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १६ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ता अगाडि रहे । आज यस बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इन्फिनीटि लघुवित्त वित्तीय संथाका लगानीकर्ताले ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.२९ प्रतिशत र बोटलर्स नेपाल तराईका लगानीकर्ताले ७.६२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.१८ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.