जापानिज ब्राण्ड पानासोनिकको एयर कन्डिसनरमा ३२ हजार छुट

  २०८० चैत १४ गते १४:०९     विकासन्युज

काठमाडौं । जापानिज ब्रान्ड पानासोनिकले एयरकन्डिसनरमा छुटको अफर ल्याएको छ । नेपालका लागि पानासोनिक एयर कन्डिसनरको अधिकृत वितरक त्रिवेणी ग्रुपले ३२ हजार रुपैयाँ छुटको अफर ल्याएको हो ।

उक्त छुट योजना १ टन क्षमताको इन्भर्टर टाइप एयर कन्डिसनरमा लागू हुने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार १ लाख १३ हजार रुपैयाँ पर्ने उक्त एयर कन्डिसनर यो अफरअन्तर्गत ८० हजार ९९० रुपैयाँमै पाइने छ । भारी छुटका अतिरिक्त कम्पनीले ग्राहकलाई अन्य सुविधा पनि दिएको छ । जसअन्तर्गत निःशुल्क जडान, निःशुल्क डेलिभरि र १२ मिटर कपर पाइन निःशुल्क पाइनेछ ।

ऊर्जा किफयती तथा वातावरणमैत्री उक्त एयरकन्डिसनरमा १० वर्षको कम्प्रेसर वारेन्टी दिइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यो एयर कन्डिसनर जगदम्बा हायर पर्चेजबाट शून्य प्रतिशत किस्ताबन्दीमा पनि खरिद गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.