काठमाडौंमा सफा तरकारीको फोहोर बजार (फोटो फिचर)

  २०८० चैत १० गते ९:४५     विकासन्युज

काठमाडौं । सफा र राम्रो तरकारी खान मन कसलाई नलाग्ला ? त्यसैले हामी उपभोक्ता टाढैको भएपनि राम्रो र सफा स्थानमा गएर नै तरकारी किन्ने गर्दछौँ । तरकारी मात्रै होइन, अन्य सामग्री किन्नको लागि पनि हामी सफा र राम्रो ठाउँ रोज्दछौँ । काठमाडौं देशको संघीय राजधानी त हो तर व्यवस्थापन नहुँदा कुरुप बन्दै गएको छ ।

यसकै एउटा उदाहरण उपत्यकाका तरकारी बजारहरुलाई लिन सकिन्छ । काठमाडौं उपत्यकाका अधिकांश तरकारी बजारहरु अस्तव्यस्त छन् । फोहोरको व्यवस्थापन हुन नसक्दा पछिल्लो समय कुरुप बन्दै गएका छन् । फोहोरको उचित व्यवस्था नहुँदा तरकारी बजारमा दुर्गन्ध फैलिएको छ । जसका कारण बजार पुग्ने उपभोक्ताहरु मुख छोपेर तरकारी किन्नुपर्ने बाध्यतामा छन् ।

तरकारी बजारमात्रै होइन, उपत्यकाका तरकारी बजारमा जाने बाटो व्यवस्थित नहुँदा हिलाम्मे देखिन्छन् । हिउँद याममा त बन्न नसकेको बाटो अब वर्षा याममा पानीले भिजाएसँगै कस्तो होला, आफैँ कल्पना गरौँ । अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउने बारेमा सरोकारवाला निकायहरु मौन देखिन्छन् ।

फोहोरका कारण फैलिनसक्ने महामारीलाई मध्यनजर गरी सरोकारवाला निकायहरुले स्वच्छ र सफा ठाउँ र खानेकुराको ग्यारेन्टी गर्न आवश्यक छ । नभए आगमी दिनमा यही दुर्गन्धका कारण अर्को महामारी नफैलेला भन्न सकिँदैन ।

तस्बिर स्रोत : न्यूज एजेन्सी नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.