भारतीय रेलवेको आम्दानी २४ खर्ब, यात्रु साढे ६ अर्ब

  २०८० चैत ५ गते ७:५५     विकासन्युज

काठमाडौं । भारतीय रेलवेले केही वर्षदेखि राम्रो आम्दानी गरिरहेको छ । रेलवेले पछिल्लो समय आयको सन्दर्भमा धेरै रेकर्डहरू समेत बनाएको छ ।

यदि यस वर्ष अर्थात् चालु आर्थिक वर्ष २०२३/२४ को कुरा गर्ने हो भने रेलवे माल ढुवानी, कुल राजस्व र ट्र्याक बिछ्याउने सन्दर्भमा रेकर्ड कायम गर्ने बाटोमा छ ।

आर्थिक वर्ष २०२३/२४ मा भारतीय रेलवेको कुल राजस्व अहिलेसम्म २४ खर्ब रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

गत वर्ष मार्च १५ मा यो कमाईको आंकडा २२ खर्ब ३० अर्ब रुपैयाँ थियो । अर्थात्, एक वर्षमा भारतीय रेलवेले कुल राजस्वमा करिब १ खर्ब ७० खर्ब रुपैयाँ वृद्धि गरेको छ ।

यदि खर्चको कुरा गर्ने हो भने आर्थिक वर्ष २०२३/२४ मा भारतीय रेलवेको कुल खर्च २२ खर्ब ६० अर्ब रुपैयाँ छ ।

रेलवेबाट प्राप्त प्रारम्भिक तथ्यांकअनुसार भारतीय रेलवेले शुक्रबार १५ करोड टन आधारभूत माल ढुवानी गरेको छ । गत वर्ष यो संख्या १ अर्ब ५१ करोड २० लाख टन थियो ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०२३/२४ मा रेलवेबाट यात्रा गर्ने यात्रु संख्या ६ अर्ब ४८ करोड रहेको छ । जुन गत वर्षको तुलनामा ५२ करोड बढी हो । गत वर्ष कुल यात्रु संख्या ५ अर्ब ९६ करोड थियो ।

आर्थिक वर्षमा हालसम्म भारतीय रेलवेले ५ हजार १ सय किलोमिटर नयाँ रेलमार्ग निर्माण गरिसकेको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.