मन्त्री अधिकारी : सहकारी सुधारेर सफलताको ट्याग भिर्ने अवसर

  २०८० फागुन २३ गते २०:०४     विकासन्युज

काठमाडौं । बलराम अधिकारी भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त भएका छन् । नेकपा एमालेबाट भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बनेका बलराम अधिकारीको मन्त्रीकोरूपमा यो पहिलो इनिङ्स हो । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित अधिकारीले माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनाललाई पराजित गरेका थिए ।

उनी सांसद भने दोस्रो पटक बनेका हुन् । उनी नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । वि.सं २०७० सालमा संविधान सभा सदस्यमा समेत निर्वाचित भइसकेका उनले मन्त्री बन्ने अवसर भने पहिलो पटक पाएका हुन् ।

लामो समय जिल्ला नेतृत्वमा रहेका अधिकारी ०७४ सालको निर्वाचनपश्चात् लामो समय गुमनामजस्तै रहे । उनी यो अवधिमा पार्टीको विभिन्न पदमा रहेर पनि काम गरे ।

मन्त्री बनेको पहिलो पटकमै उनले भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । पछिल्लो समय सहकारी क्षेत्र ठूलो समस्यामा छ । अधिकांश सहकारीहरू बचतकर्ताको ठूलो रकम हिनामिना गरेर सञ्चालक समेत फरार अवस्थामा छन् ।

यही समयमा अधिकारीले सहकारी क्षेत्र सम्हाल्ने जिम्मेवारी पाएका छन् । यो क्षेत्र समस्यामा परेको बेला सहकारी मन्त्री बनेका अधिकारी समस्या समाधान गरेर सफल मन्त्रीको उदाहरण दर्ज गर्न सक्छन् वा पहिलो पटक नै असफल मन्त्रीको ट्याग भिरेर बाहिरिन्छन् त्यो विषय भने हेर्न बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.