पर्यटकीय गन्तव्य बन्दै रणकालिका किराञ्चोक भगवती मन्दिर क्षेत्र

  २०८१ वैशाख १६ गते ८:३९     विकासन्युज

काठमाडौं । धादिङ जिल्ला गल्छी गाउँपालिका- ४ मा रहेको किराञ्चोक भगवती (रणकालिका) मन्दिर क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गल्छी गाउँपालिका तथा स्थानीय सक्रिय भएका छन् ।

विसं १२०० मा यो स्थानमा भएको मानिएको यो कालिका भगवतीको मन्दिरमा पृथ्वीनारायण शाह नुवाकोट जाक्रमणमा पराजित भएपछि किराञ्चोक कालिका माताको आराधना गरी रणमा जाँदा बाइसे चौबिसे राज्यहरूलाई पराजित गर्दै एकीकरणकर्ता बनेकोले कालिञ्चोकबाट यस मन्दिरको नाम रणकालिका रहन गएको विश्वास छ ।

पहिले यो क्षेत्र किराँतहरुले राज्य गरेको र किराँतचोकबाट अपभ्रमश भई किराञ्चोक रहन गएको भन्ने जनश्रुतिले यस मन्दिरको एतिहासिकता झल्किने पुरातत्व विभागका पूर्वइन्जिनियर एवं स्थानीय बासिन्दा धुव्र अधिकारीको धारणा छ ।

काठमाडौंमा बस्ने किराञ्चोकका स्थानीय तथा पुरातत्व विभागको सहयोगमा २०७१ देखि कालिका मन्दिर पुनः निर्माण सुरु गरिएको थियो । २०७३ देखि सहरी विकास परियोजना गल्छीले मन्दिरमा पुग्ने ठूलो बाटो, धरहरा (भ्यू टावर) निर्माण, अन्य गुरुयोजना अनुरूपका निर्माण कार्यले धार्मिक, सांस्कृतिक, प्राकृतिक, सामाजिक विकास एवम् पर्यटकीय गन्तव्यका दृष्टिले आकर्षक बन्दै गएको छ ।

काठमाडौं चितवन राजमार्गको मास्टारबाट माथि डाडाँमा रहको यस स्थानबाट त्रिशुली नदी,धादिङ र मकवानपुरका विभिन्न गाउँबस्ती देख्न सकिन्छ । पुरातत्व विभागको आर्थिक सहयोगमा मन्दिर निर्माण भएपछि यसको प्रचार प्रसार गर्न पालिका तथा मन्दिर व्यवस्थापन समिति खटिरहेको यसको उचित प्रचार गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्ने इन्जिनियर अधिकारीको धारणा छ ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछानेले धादिङ र खासगरि त्रिसुली नदी जल पर्यटनको रूपमा परिचित रहेको अवस्थामा यसलाई समग्र पर्यटकीय गतिविधिमा जोड्न सके यस क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना रहको बताए ।

गाउँ पालिकाका अध्यक्ष केदारनाथ खतिवडाले यो क्षेत्र धार्मिक तथा एतिहासिक क्षेत्र भएकोले यसको विकास र विस्तार र प्रवर्द्धनका लागि पर्यटन बोर्ड र पुरातत्व विभागसंग सहयोगको अपेक्षा गरिएको बताए । स्थानीय मनिदर समितका अध्यक्ष शंकरबहादुर भण्डारीले मन्दिर निर्माणमा पुरातत्व विभागको सहयोगमा मसन्दर निर्माण भइसकेकोले यसको प्रर्वद्धनको लागि बोर्डको सहयोग आवश्यक रहेको बताए ।

यसैबीच शनिबार स्थानीय जनप्रतिनिधि, पुरातत्व विभागका पूर्वअधिकारी, पर्यटन बोर्डका अधिकारी, स्थानीय समाजसेवी तथा गाउँलेहरूको सहभागितामा रणकालिका मन्दिर क्षेत्रलाई कसरी धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिन्छ भनेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.