२८ अंकले घट्यो बिहीबारको सेयर बजार, सबै समूह राताम्मे

  २०८० फागुन १७ गते १५:२१     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक २८ अंकले घटेको छ । कारोबार खुलेदेखि निरन्तर घटेको परिसूचक कारोबार बन्द हुँदा २८.६८ अंकले घटेर १९७२.०९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४३ प्रतिशतले घटी हो ।

परिसूचक घटेपनि कारोबार भने बुधबारको तुलनामा बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएको बजारमा बिहीबार २ अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३०९ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ११ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

घटेको बजारमा पनि दुई कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । बोटलर्स नेपाल (बालाजु) को १० प्रतिशत र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८६ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता २१ हजार ६०५ र ७५८ रुपैयाँ पुगेको छ ।

बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । राताम्मे देखिएको बिहीबारको बजारमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३५०.९० रुपैयाँमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.