सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा १९ गुणा बढी आवेदन

  २०८० फागुन १७ गते ७:०७     विकासन्युज

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले जारी गरेकाे आईपीओका लागि मागभन्दा १९ गुणा बढीको आवेदन परेको छ । सर्वोत्तम सिमेन्टले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने हिजो अन्तिम दिन थियो ।

१० लाख १२ हजार ३ सय ८४ जना आवेदकबाट ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ । यो कम्पनीको सेयर ५५ हजार ५२१ जनाले पाउनेछन् । बाँकी साढे ९ लाख भन्दा धेरैले सेयर पाउँदैनन् ।

कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता मात्रै बाँडफाँट गर्नेछ । न्यूनतम ५० कित्ताका दरले सेयर बाँडफाँट गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.