सूर्यज्योतिले साविक ज्योति लाइफको नाफा जगेडा कोषमा राख्ने

  २०८० फागुन ११ गते १०:४८     विकासन्युज


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले साविकको ज्योति लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्षको नाफा जगेडा कोषमा राख्ने भएको छ । इन्स्योरेन्सले एक्युजिसन अघिको साविकको ज्योति लाइफको नाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो ।

फागुन १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठले उक्त निर्णय गरेको हो । यससँगै साविकको ज्योति लाइफको आर्थिक वर्ष २०७९/८० को पुस ६ गतेसम्मको वित्तीय विवरण अनुसार नाफा रहेको रकम सम्पूर्ण रकम सूर्यज्योति लाइफको जगेडा कोषमा जम्मा हुने छ ।

साथै, उक्त अवधिसम्मको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोष लगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफ कम्पनीमा समायोजन गर्ने समेत कम्पनीको निर्णय भएको छ ।

साविकको ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गाभिएपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरु भएको हो । उक्त एकीकृत कारोबार २०७९ पुस ७ गतेका दिनदेखि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.