आईजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता सेयर बिक्रीमा

  २०८० फागुन ४ गते १३:४२     विकासन्युज

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको साढे ७ लाख कित्ता सेयर बिक्रीमा राखिएको हो ।

कम्पनीका अनुसार सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयरहरूमध्ये ७ लाख ६६ हजार ५९३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयरको मूल्य तोकिएको छैन ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनु पर्ने छ । यदि उक्त समयमा आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्रीमा राखिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.