अब काठमाडौंका विद्यालयहरुले डीआई राख्न नपाउने, महानगरले दियो निर्देशन

  २०८० पुष ६ गते १७:०५     विकासन्युज

काठमाडौं । अब काठमाडौंमा सञ्चालित विद्यालयहरुले अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरका सबै विद्यालयलाई डीआई नराख्न निर्देशन दिएको हो ।

विद्यालयले विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डीआई राख्ने गरेको र त्यस्तो व्यक्तिले विद्यार्थीमा भय सिर्जना गराएको, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पारेको र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएसँगै महानगरले उक्त निर्देशन दिएको हो ।

साथै, महानगरले विद्यालयमा विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गराउन पनि सबै विद्यालयलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.