अमेरिकामा टाटाको टीसीएस कम्पनीलाई झट्का, साढे १७ अर्ब तिर्न आदेश

  २०८० मंसिर ११ गते १७:३५     विकासन्युज

एजेन्सी । भारतको सबैभन्दा पुरानो व्यावसायिक घराना टाटा ग्रुप समूहको आईटी क्षेत्रको विशाल टाटा कन्सल्टेन्सी सर्भिस (टीसीएस) लाई अमेरिकामा ठूलो झट्का लागेको छ ।

वास्तवमा, एक अमेरिकी न्यायिक समूह (जूरी) ले टीसीएसलाई २१ करोड अमेरिकी डलरभन्दा बढी वा लगभग १७ अर्ब ५० करोड भारु तिर्न आदेश दिएको छ । तर, रिपोर्टका अनुसार टीसीएस व्यवस्थापनले अमेरिकी जूरीको निर्णयप्रति असहमति व्यक्त गरेको छ ।

हालैको रोयटर्सको रिपोर्टअनुसार देशको सबैभन्दा ठूलो आईटी कम्पनी टीसीएसले अमेरिकी आईटी कम्पनी डीएक्ससी (पहिले डीएक्ससी बेन्स भनेर चिनिने) कम्पनीलाई टीसीएस बेन्स नामक सफ्टवेयर प्लेटफर्म विकास गर्न भाडामा लिँदा डीएक्ससीको स्रोत कोडको दुरुपयोग गरिएको आरोप लगाइएको छ ।

यस विषयमा एक अमेरिकी जूरीले टिप्पणी गरेको छ कि टाटा समूहको कम्पनी टीसीएसले अमेरिकी फर्मको स्वामित्वको प्लेटफर्ममा तोडफोड गरेर व्यापारको गोप्य पहुँच प्राप्त गरेको थियो ।

यसबारे डीएक्ससीले टीसीएस कम्पनीलाई इपिक सिस्टम्सको वेब पोर्टल बिनाअनुमति पहुँच प्राप्त गरेको आरोप लगाएको थियो ।

यो कुरा चार वर्ष पुरानो हो । सन् २०१८ मा टीसीएसले आफ्नो डिजिटल क्षमता बढाउन ट्रान्सअमेरिकासँग २ अर्ब ५० करोड डलरको सम्झौता गरेको थियो ।

तर, जुन महिनामा नै ट्रान्सअमेरिकाले चुनौतीपूर्ण अवस्था उद्धृत गर्दै टीसीएससँग १० वर्षको साढे २ अर्ब डलरको सम्झौता तोडेको हो ।

२०१९ मा डीएक्ससीले केस फाइल गर्दै टीएससीद्वारा नियोजित धेरैजसो भूतपूर्व ट्रान्सअमेरिका र एमएसआई कर्मचारीहरूले आफ्नो सफ्टवेयर प्रयोग गरेर ट्रान्सअमेरिका र एमएसआईमा नीतिहरू प्रबन्ध गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो ।

अमेरिकी जूरीको हालैको प्रतिवेदनमा २१ करोड डलरको भुक्तानीका सम्बन्धमा टीसीएस जूरीको निर्णयसँग सहमत नभएको बताइएको छ । यो घटनाको फैसला अब अदालतमा हुने भएको छ । जसबाट सबै पक्षसँग थप जानकारी माग गरिएको छ । कम्पनीले यस विषयमा कानुनी लडाइँ जारी राख्ने जनाएको छ ।

टीसीएस टाटा समूहको सबैभन्दा ठूलो कम्पनी हो र यसको व्यापार संसारभरि फैलिएको छ । बजार मूल्यअनुसार मुकेश अम्बानीको रिलायन्स इन्डस्ट्रिजपछि यो देशको दोस्रो ठूलो फर्म हो ।

यसको बजार पुँजीकरण १२६ खर्ब ५० अर्ब रुपैयाँबराबर छ। गत शुक्रबार कम्पनीको सेयर १।५५ प्रतिशतले घटेर ३ हजार ४ सय ५४ रुपैयाँमा बन्द भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.