मुम्बई एयरपोर्टले तोड्यो पुरानो रेकर्ड, एकै दिन १०३२ उडान-अवतरण

  २०८० मंसिर २ गते १०:०१     विकासन्युज

एजेन्सी । दीपावलीको हप्ता मुम्बई एयरपोर्टबाट एकै दिन १ हजारभन्दा बढी उडान-अवतरण भएर नयाँ रेकर्ड कायम भएको छ ।

दिपावली हप्ता अर्थात नोभेम्बर ११ देखि १३ सम्म मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल (सिएसएमआइए) मा कुल ५ लाख १६ हजार ५ सय ६२ यात्रुले उडान भरेका थिए ।

जहाँ नोभेम्बर ११ मा १ हजार ३२ उडान–अवतरण भएका थिए । यो सिएसएमआइएका लागि ठूलो उपलब्धि हो । यसअघि पाँच वर्ष पहिले एकै दिन सबैभन्दा बढी उडानको कीर्तिमान थियो । २०१८ डिसेम्बर ९ मा एकै दिन १ हजार ४ उडान–अवतरण भएको थियो । सोही रेकर्ड मुम्बई एयरपोर्टले यसपालि तोडेको हो ।

मुम्बई अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन अडानी समूहले गर्छ । अडानी ग्रुपका अध्यक्ष गौतम अडानीले मुम्बई एयरपोर्टको रेकर्डबारे सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरमा लेखेका छन्, ‘नयाँ विश्वकीर्तिमान १ मुम्बई एयरपोर्टले एकै दिनमा १०३२ उडानहरू मात्र एक रनवेमा प्रबन्ध गरेर आफ्नै रेकर्ड तोडेको छ । एएआई नेभिगेसन टोली, एटिसी, एयरलाइन साझेदारहरू र टिम अडानीलाई उनीहरूको समर्थन र प्रयासका लागि बधाइ ।’

यसपटक दीपावलीको समयमा मुम्बई विमानस्थलबाट आन्तरिक रुटमा ३ लाख ५४ हजार ५ सय ४१ यात्रुले उडान भरेका छन् भने अन्तर्राष्ट्रिय रुटमा १ लाख ६२ हजार २१ यात्रुले उडान भरेका छन् ।

कुल २ हजार १ सय ३७ आन्तरिक उडान र ७ सय ५७ अन्तर्राष्ट्रिय उडानसहित छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलले २ हजार ८ सय ९४ उडान व्यवस्थापन गरेको छ ।

१० र १३ नोभेम्बर अर्थात दीपावली हप्ताको बीचमा कुल यात्रु आवागमनलाई हेर्दा नयाँदिल्ली, बैंगलोर र चेन्नई घरेलु यात्रुहरूका लागि शीर्ष गन्तव्यहरू थिए । जबकि, अन्तर्राष्ट्रिय गन्तव्यहरूमा दुबई, लन्डन, अबुधाबी र सिंगापुर समावेश छन् ।

एक दिनमा १ हजार ३२ एयर ट्राफिक आवागमनको रेकर्ड दर्ता गरेपछि मुम्बई एयरपोर्टले नोभेम्बर ११ मा १ लाख ६१ हजार ४ सय १९ यात्रुलाई सेवा दियो । जसमा १ लाख ७ हजार ७ सय ६५ आन्तरिक यात्रु र ५३ हजार ६ सय ८० अन्तर्राष्ट्रिय यात्रु थिए।

यसले सेफ्टी, सेक्युरिटी र मानक यात्रु सेवाका मापदण्ड कायम राख्दै मुम्बई एयरपोर्टको क्षमता बढेको देखाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.