मनाङ एयरका क्याप्टेन सेढाईंको उपचारको क्रममा निधन

  २०८० कार्तिक ८ गते ११:२७     विकासन्युज

काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारको क्रममा निधन भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत सेढाईंको निधन भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मनाङ एयरको ९ एन–एएनजे कलसाइन भएको हेलिकप्टर गत असोज २७ गते बिहान सोलुखुम्बुको खुम्बु क्षेत्रमा दुर्घटना भएको थियो, सो अवस्थामा हेलिकप्टरमा क्याप्टेन सेढाईंमात्र थिए ।

दुर्घटना पश्चात काठमाडौंको ह्याम्स अस्पतालमा उपचार सम्भव नभएपछि पाइलट सेढाईंलाई थप उपचारका लागि असोज २८ गते भारत लगिएको थियो । मनाङ एयर प्रालिले क्याप्टेन सेढाईंको मृत्युको खबरले स्तब्ध बनाएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.