एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर हावी, यी हुन् ८ ठूला लगानीकर्ता

  २०८० असोज ३० गते ११:३४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकमा भारतीय बैंक सहित ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा बढी सेयर स्वामित्व रहेको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकमा ८ व्यक्ति तथा कम्पनीको सबैभन्दा धेरै सेयर स्वामित्व रहेको तथ्याङ्क छ ।

बैंकमा सबैभन्दा धेरै सेयर स्वामित्व पन्जाब नेशनल बैंकको २०.०३ प्रतिशत अर्थात् २ करोड १४ लाख २२ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै, प्रतिमा श्रेष्ठको १४.७७ प्रतिशत अर्थात् १ करोड ५८ लाख ६ हजार १११ कित्ता सेयर स्वामित्व छ । प्रतिमा अध्यक्ष बिके श्रेष्ठकी छोरी हुन् ।

होटल स्नो लायनको ९.३१ प्रतिशत अर्थात् ९९ लाख ५४ हजार ३३६ कित्ता र बिष्णु कृष्ण श्रेष्ठको ९.१८ प्रतिशत अर्थात् ९८ लाख २१ हजार ५११ कित्ता सेयर स्वामित्व रहेको छ । एभरेष्ट बैंकमा श्रेष्ठ परिवारको सेयर स्वामित्व बढी छ ।

यस्तै, रवि कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, किरण कृष्ण श्रेष्ठको १.८८ प्रतिशत अर्थात् २० लाख १२ हजार ५८० कित्ता, शान्त देव पाठकको १.१८ प्रतिशत अर्थात १२ लाख ५८ हजार ८२ कित्ता र अरुण मान शेरचनको ०.९५ प्रतिशत अर्थात् १० लाख ११ हजार ७२ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार सर्वसाधारण सेयरधनीहरुको ४०.८३ प्रतिशत अर्थात् ४ करोड ३६ लाख ८१ हजार ८३६ कित्ता सेयर स्वामित्व रहेको छ । जसअनुसार बैंकमा ८ जना संस्थापक सेयरधनीहरुको ५९.१७ प्रतिशत सेयर स्वामित्व रहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.