माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा गुरागाईं नियुक्त

  २०८० असोज २४ गते १३:०१     विकासन्युज

काठमाडौं । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित ७ जनाको सञ्चालक समिति गठन गरेको हो ।

नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । स्वतन्त्र सञ्चालकमा भने शोभा घिमिरे निर्वाचित भएकी छिन् ।

असोज १८ गते सम्पन्न कम्पनीको तश्रो वार्षिक साधारण सभाले उक्त सञ्चालकहरुलाई निर्वाचित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.