सेयर कर्जामा १२ करोडको सीमा राख्नु हुँदैन, बैंकको ब्याज घट्नै पर्छ : पूर्व अर्थमन्त्री पाण्डे

  २०८० भदौ १७ गते १६:१७     विकासन्युज

काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर कर्जामा १२ करोडको सीमा हटाएर कुल कर्जामा १०% को सीमा तोक्नु पर्ने बताएका छन् ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले देशको वर्तमान अर्थतन्त्रको विषयमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले सेयर बजार सुधारको लागि १२ करोडको सीमा हटाउनुपर्ने बताएका हुन् ।

उक्त सीमा हटाउँदा बजार सुरक्षित हुने र लगानीकर्ताले गुमाउने अवस्था पनि नआउने पाण्डेले बताए ।

‘लगानीकर्ताले १४ खर्ब गुमाइसके । यो राष्ट्रको पनि नोक्सान हो । सरकारलाई राजश्व आउन सक्थ्यो’, पाण्डेले भने ।

बैंकले एउटा क्षेत्रको लागि लगानी गरेको कर्जा अर्को क्षेत्रमा प्रयोग गर्ने अवस्था देखिएमा नगदमा कारोबार हुने व्यवस्था गर्नुपर्ने पूर्व अर्थमन्त्री पाण्डेले बताए । ‘सेयर मूल्य घट्यो भने मार्जिन कल आउँछ । त्यसले अर्को समस्या सिर्जना गर्छ’, उनले भने ।

उनले देशको अर्थतन्त्र चलायमान बनाउनको लागि बैंकको ब्याजदर घटाउनुपर्ने बताए । ‘ब्याज घटेन भने उत्पादन बढ्न सक्दैन । ब्याज नघटी हुँदैन’, पाण्डेले भने ।
पछिल्ला दिनहरुमा सरकारको राजश्व कम भइरहेको यस्तै अवस्थ रहे अर्को वर्ष निर्माण ठप्प हुन सक्ने पाण्डेले बताए ।

अहिलेको सरकारले अर्थतन्त्रका गम्भीर विषयलाई सम्बोधन नगरेर देशलाई आर्थिक संकटतर्फ लगेको पाण्डेको भनाई छ ।

सरकारले बजेटमार्फत ल्याएको हवाई टिकटमा मूल्य अभिवृद्धीकर लगाउने नीति सच्याउनुपर्ने बताए । हवाई टिकटमा भ्याट लगाउन नहुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.