केटिएम एक्स्चेञ्ज क्याम्पमा पुरानो मोटरसाइकललाई थप १५ हजार मूल्य

  २०८० भदौ १५ गते १९:४०     विकासन्युज

काठमाडौं । केटिएम एक्स्चेञ्ज क्याम्पमा जुनसुकै ब्राण्डको पुरानो मोटरसाइल ल्याएर नयाँसँग साट्न पाइने भएको छ । यस्तो एक्सचेञ्ज क्याम्प भदौ १७ देखि २२ सम्म सञ्चालन हुने बताइएको छ ।

केटिएमको नक्सालस्थित शोरुममा एक्स्चेञ्ज क्याम्प सञ्चालन हुने छ । पुरानो बाईकको मूल्यांकनमा थप १५ हजार अतिरिक्त प्रदान गरेर नयाँ मोटरसाइकल उपलब्ध गराइने आयोजकले बताएको छ ।

त्यसबाहेक, नयाँ बाईक किन्नेका लागि ५० प्रतिशत डाउनपेमेण्ट गर्ने सुविधा रहेको कम्पनीले बताएको छ । नगदमै बाईक किन्नेहरुले पनि १० हजार छुट सुविधा पाउने र फाइनान्स सुबिधा लिनेका लागि पाँच हजार छुटको व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.