लुक्लाबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन

  २०८० असार २६ गते ११:१६     विकासन्युज

काठमाडौं । मंगलबार लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कबिहीन भएको छ । त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कबिहीन भएको हो ।

‘मनाङ् एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ,’ उनले भने ।

हेलिकप्टरमा नेपाली पाइलट र पाँच जना विदेशी नागरिक छन् । हराएको हेलिकप्टर खोज्न अहिले अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.