ह्वाइट हाउस कलेजका विद्यार्थी जिएलए विश्वविद्यालयसँग पनि जोडिएर पढ्न पाउने

  २०८० असार १७ गते १२:१५     विकासन्युज

काठमाडौं । हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र भारतको मथुरामा रहेको जिएलए विश्वविद्यालयबीचमा विभिन्न महत्वपूर्ण विषयमा सम्झौता भएको छ । प्रयोगात्मक सहकार्य, इन्टर्नसिप लगायतका महत्वपूर्ण विषयमा सहकार्य गर्नेगरी शुक्रबार कलेज र विश्वविद्यालयकोबीचमा सहकार्यको सम्झौता भएको हो ।

सम्झौताअनुसार विश्वविद्यालय र कलेजले नेटवर्किङ र कनेक्टिभिटी, विशेष छोटो शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षाको प्रवद्र्धन, संकायगत सहकार्य, अनुसन्धान र अध्यापनमा सहकार्य, सेमिनार शैक्षिक सम्मेलनमा सहभागिता, प्रकाशित सामग्रीहरुमा आदानप्रदान लगायत महत्वपूर्ण सहकार्य गर्नेछन् ।

सम्झौताअनुसार कलेजका विद्यार्थीहरुलाई विश्वविद्यालयले इनोभेसन सेन्टर, अन्तर्राष्ट्रिय सम्मेलन, छोटो समयको कोर्ष, रिसर्चर र स्कोलर्सहरुलाई अध्ययनमा सहयोग पुर्याउने छ । सम्झौताअनुसार इन्जिनियरिङ, मानविकी र व्यवस्थापन विषयका कार्यक्रम सञ्चालन गर्दै आएको कलेजमा स्नातक तहको अध्ययन गरेका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय स्तरको अनुभव बाँडफाँड र इन्टर्नसिप प्राप्त हुने हुँदा विद्यार्थीको करिअर निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको कलेजका प्रिन्सिपल तोयानारायण पौडेलले बताए ।

कलेजले यस अघि पनि जापानको आइम्याक कम्पनीसँग इन्जिनियरिङ विषयमा स्नातक गरेका विद्यार्थीहरुले जापानमा इन्टर्नसिप गर्न पाउनेगरी सम्झौता गरेको छ । कलेजको अध्ययन पश्चात विद्यार्थीको एकेडेमिक भविष्य र रोजगार सुनिश्चित कसरी गर्न सकिन्छ भनेर यस्ता प्रकारका सम्झौता गरेको प्रिन्सिपल पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.