आज श्री एयर लाइन्सका सबै उडान बन्द हुने, साेमबारदेखि नियमित

  २०८० असार १७ गते ७:२२     विकासन्युज

काठमाडौं । श्री एयर लाइन्सले आज आइतबार सबै उडान बन्द गर्ने भएको छ । श्री एयर लाइन्सका सबै विमानहरुको सम्पूर्ण प्राविधिक परिक्षण गरिने भएकाले आज असार १७ गते सम्पूर्ण उडाहरु स्थगित गरिएको कर्पोरेट प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

शनिवार (असार १६ गते) अपरान्ह साढ ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा सामान्य प्राविधिक समस्या आएको कारण क्याप्टेनले विमानलाई काठमाडौं फिर्ता ल्याई सकुशल अवतरण गराएको उनले बताए । डीएएसएच ८ क्यू ४०० विमान क्यानडामा बनाइएकाले प्राविधिक रुपमा अति सुरक्षित मानिने उनको भनाइ छ ।

‘यात्रुहरुलाई सुरक्षित गन्तव्यमा पुर्याउन एयरलाईन्सको प्राथमिकता भएकोले यस्ता प्राविधिक समस्या नदोरियोस भनि असार १७ गतेका दिन सम्पूर्ण उडानहरु स्थगित गरि सबै विमानहरुको सम्पूर्ण प्राविधिक परिक्षण गर्ने निर्णय गरिएको र असार १८ गतेदेखि सम्पुर्ण उडानहरु संचालन गरिने छन्,’ कर्पोरेट प्रवन्धक मानन्धरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.