गेटवे कलेज अफ प्रोफेसनल स्टडिजद्वारा व्याच २०१९ को कोर्ष समापन कार्यक्रम सम्पन्न

  २०८० असार १६ गते १३:५१     विकासन्युज

काठमाडौं । काठमाडौंको बसुन्धारामा रहेको गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले ब्याच २०१९ को कोर्ष सम्पन्न गरेको छ । नेपाल भित्र तथा बाहिर विभीन्न उत्कृष्ट तारे होटल, रेष्टुरेन्ट, कर्पोरेट कार्यालय एवं विभिन्न कार्यालयमा जागिर को सत प्रतिशत सुनिश्चितता गर्दैआएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकाय अन्तर्गत होटल मेनेजमेन्ट तर्फ विगत १५ वर्ष देखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ।

गेटवे कलेज गत वर्ष नेपालकै होटल मेनेजमेन्ट कलेज मध्य उत्कृष्ट पाँचौ स्थानमा रहन सफल भएको थियो। शुक्रबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका सहायक परीक्षा नियन्त्रक मेनुका श्रेष्ठ एवं अन्य अतिथिका रूपमा सोही कलेजमा प्राध्यापन गरिरहेका पर्यटन तथा अतिथि सत्कार विज्ञ प्रा.डा.रमेशराज कुँवर एवं बिद्यार्थी, अन्तर्राष्ट्रिय तालिम विज्ञ, अविभावक, कलेज का प्राध्यापक, कर्मचारी तथा अन्य विभिन्न शिक्षा क्षेत्रमा विगत लामो समयदेखि जोडिएका महानुभावहरुको उपस्थिति रहेको थियो।

संस्थापना कालदेखि कलेजले उत्कृष्ट नतिजा ल्याउनुमा शिक्षकको मेहेनत, बिद्यार्थीको लगनशीलता एवं अविभावकको मेहनत रहेको जानकारी कलेजकी संस्थापक प्राचार्य डाली खनालले दिइन् । प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई निखार्ने एवं वर्तमान परिस्थितिमा समायोजनमा सहयोग पुग्ने जानकारी दिइन् ।

कार्यक्रमका सभापति एवं कलेजका संस्थापक अध्यक्ष सुरेश केसी वेभ हस्पिटालिटी अन्तर्गत, रेष्टुरेन्ट, बैंक्वेट, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल लगायतको संस्था कलेजको पूर्ण व्यवस्थापनमा संचालनमा लिएर आउने जानकारी गराउँदै कलेजलाई यो स्थानमा लिएर आउने सरोकारवालाहरुलाई धन्यबाद दिँदै विद्यार्थीहरुलाई आगामी दिनमा कलेजले फरक ढंगले पढाइका अतिरिक्त अन्य विभिन्न समयअनुकूल विभिन्न शैक्षिक गतिविधि हरुलाई अगाडि बढाउदै जाने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.