प्राधिकरणले भन्यो: सिम्रिकलाई हेलिपोर्ट निर्माणको अनुमति दिनु राष्ट्रिय हवाई नीति विपरित

  २०८० असार १३ गते १६:१२     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले सिम्रिक एयरलाई हेलीपोर्ट बनाउन दिने निर्णय राष्ट्रिय हवाई नीति विपरित हुने नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ ।

बुधबार प्राधिकरणले मन्त्रालयलाई पत्रमा पठाउँदै बनेपा नगरपालिका वडा नं १४ राउत गाउको माथिल्ले इटापु डाडाँमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हेलिपोर्ट निर्माण गर्नका लागि मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएपनि प्राधिकणले कार्यान्वयन गर्न सम्भव नरहेको जनाएकाे हाे ।

‘राष्ट्रिय हवाई नीति २०६३ को दफा ५.७ मा देशको आवश्यकता, भौगैलिक अवस्थिति, जनसंख्याको वितरण, क्षेत्रिय सन्तुलन, पर्यटन प्रवद्र्धन, अन्य विमानस्थलको निकटता लगायत प्रतिफल सम्भावना समेतको मूल्यांकन गरी जनसहभागिता वा स्थानीय निकायको वा संयुक्त लगानीमा मात्र साना विमानस्थल/हेलिपोर्ट निर्माण गर्न सकिने व्यवस्था रहेको भन्दै हवाई नीति विपरित सिम्रिक एयरलाइ एकल लगानीमा निर्माण तथा सञ्चालन गर्न दिदाँ हवाई नीति विपरित हुने देखिन्छ’, प्राधिकरणले मन्त्रालयमा पठाएकाे पत्रमा भनिएकाे छ ।

मन्त्रालयबाट लेखि आएको पत्रसँग सम्बन्धित कागजात अध्ययन गर्दा अन्तर्राष्ट्रिय मापदण्डको हेलिपोर्ट निर्माण तथा संचालनका लागि सैद्धांतिक सहमति दिइएको देखिन्छ पत्रमा भनिएको छ, ‘जुन नेपालको परिप्रेक्ष्यमा आइकाओ एनएक्स १४ सम्बन्धि कुनै राष्ट्रिय मापदन्ड भित्र छैन ।’

नेपाल सरकार मन्त्रीपरिषद्बाट संविधान र कानून बमोजिम निजी क्षेत्रबाट हेलिपोर्ट निर्माण गर्न दिने गरी कुनै निर्णय नभएको भन्दै प्राधिकरणले हेलिपोर्ट निर्माण सम्बन्धमा भएको सैद्धान्तिक सहमति कार्यान्वयन गर्न संभव नरहेको स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.