राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

  २०८० असार ३ गते १५:५८     विकासन्युज

काठमाडौं । राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि आयोगका सदस्यहरु मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाउँदै दाहाललाई एकमात्रै प्रवक्ताको रुपमा आयोगले जिम्मेवारी दिएको हो ।

दाहाल अर्थमन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् । केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.