बैंकबाट डेढ लाखले लिए सस्तो ब्याजमा २ खर्ब बढी ऋण

  २०८० जेठ २८ गते १५:१९     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट करिब डेढ लाख जनाले सस्तो ब्याजमा कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १० महिनासम्म १ लाख ४६ हजार ८६६ जनाले सहुलियत ब्याजमा २ खर्ब ३ अर्ब २४ करोड ८० लाख रुपैयाँ कर्जा लिएका हुन् ।

विभिन्न १० वटा क्षेत्रका सो रकम लगानी भएको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी कर्जा लगानी कृषि क्षेत्रमा भएको छ । यस क्षेत्रमा चालू आवको १० महिनासम्म १ खर्ब ३८ अर्ब ८७ करोड ५० लाख रुपैयाँ लगानी भएको छ । कृषि क्षेत्रमा गत वर्ष १ खर्ब ३९ अर्ब २३ करोड ४० लाख र अघिल्लो आर्थिक वर्ष १ खर्ब ६ खर्ब ९७ करोड ८० लाख रुपैयाँ कर्जा सस्तो ब्याजमा लगानी भएको थियो ।

यस्तै, महिला उद्यम क्षेत्रमा ६१ अर्ब ३० करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कर्जा ८३ हजार ३५८ जनाले लिएका छन् । गत वर्ष ७० अर्ब र अघिल्लो आर्थिक वर्ष ५० अर्ब रुपैयाँ बढी यस क्षेत्रमा कर्जा लगानी भएको थियो ।

शिक्षित यूवा स्वरोजगारमा पनि ४ करोड ६० लाख रुपैयाँ कर्जा सस्तो ब्याजमा ल गानी भएको छ । यो कर्जाको उपयोग १७८ जनाले गरेका छन् । शिक्षित यूवा स्वरोजगारतर्फ गत वर्ष ७ करोड ६० लाख र अघिल्लो वर्ष ६ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

९ सय ९ जनाले परियोजना धितोतर्फ ४४ करोड ८० लाख रुपैयाँ ऋण सस्तो ब्याजमा लिएका छन् । गत वर्ष यो क्षेत्रमा ५६ करोड ४० लाख र अघिल्लो वर्ष ५९ लाख ८० हजार रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

दलित समुदाय व्यवसाय विकासतर्फ पनि ४६ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । यो क्षेत्रका १ हजार ३९ जनाले कर्जा लिएका छन् । यस्तै, उच्च प्राविधिकतर्फ ३ करोड १० लाख, टेक्सटाइल उद्योगतर्फ अर्ब २ करोड ६० लाख रुपैयाँ, भुकम्प पीडिततर्फ २ करोड, यूवा स्वरोजगारतर्फ १ करोड र सिटीईभीटी तालिम–तर्फ २ लाख रुपैयाँ कर्जा लगानी भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.