आर्टिफिसियल इन्टेलिजेन्स मानव सभ्यतामाथि कति खतरा ?

  २०८० जेठ २० गते १२:१८     विकासन्युज

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सले मानव सभ्यता नै जोखिममा रहेको कयौंयन विशेषज्ञहरुले बताएका छन् । यस्तो चेतावनी दिनेमा ओपन एआई र गुगल डिपमाइन्डका प्रमुखले समेत सो बताएका छन् ।

सो सम्बन्धमा ‘सेन्टर फर एआई सेफ्टी’ को वेबपेजमा कैयंन विशेषज्ञहरुको बयान सहित विज्ञप्ति जारी गरिएको छ । विज्ञहरुले चेतावनी दिएका छन् की मानव सभ्यतालाई खतराको रुपमा रहेको महामारी तथा पारमाणविक युद्ध पछि आर्टिफिसियल इन्टेलिजेन्स पनि खतराको रुपमा विकास भएर आएको छ । जुन खतरालाई कम गर्नको लागि सो विश्वको प्राथमिकतामा पर्न जरुरी छ । तर, केही व्यक्तिहरुले भने सो विषयलाई बढाइचढाई गरिएको भनेर पनि तर्क गरेका छन् ।

च्याटजीपीटीका प्रमुख कार्यकारी सैम अल्टम्यान, गुगल डीपमाइन्डका प्रमुख कार्यकारी डेमिस हासाबिस र एन्थ्रोपिकका डारियो अमोदेईले उक्त कथनलाई समर्थन गरेका छन्।

कस्ता खतराहरु हुनसक्छन् ?
सेन्टर फर एआई सेफ्टीको वेबसाइटमा एआईबाट पैदा हुनसक्ने कैयंन खतराको विषयमा उल्लेख गरिएको छ ।
– एआईलाई हतियारको रुपमा प्रयोग गर्न सकिन्छ ।
– उदाहरणका लागि रासायनिक हतियार बनाउन औषधि खोज उपकरणहरु प्रयोग गर्न सकिन्छ ।
– एआईको मद्दतबाट उत्पन्न हुने गलत सूचनाले समाजको अस्थिर बनाउन सक्छ र सामूहिक निर्णयलाई प्रभाव पार्न सक्छ ।
– एआईको शक्ति केहि सिमित हातहरुमा केन्द्रित हुन सक्छ । जसको प्रयोगको माध्यमबाट सरकारहरुको ठूलो मात्रामा मानिसहरुको निगरानी गर्ने र दमनकारी सेन्सरसिपको लागि प्रयोग हुनसक्छ ।

सेन्टर फर एआई सेफ्टीले दिएको चेतावनीलाई डा. जेफ्री हिन्टनले पनि समर्थन गरेका छन् । उनले पहिले पनि सुपर इन्टेलिजेन्ट एआईको खतराबारे चेतावनी जारी गरिसकेका छन् । युनिभर्सिटी अफ मेट्रियलमा कम्प्युटर साइन्सका प्रोफेसर योशुआ बेँजोले पनि विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

एआईको क्षेत्रमा उल्लेखनीय योगदान भएका कारण डा. हिन्टन, प्रोफेसर बेंजो र प्रोफेसर यान लाकेनलाई एआईको गड फादर भनेर चिनिन्छ । प्रोफेसर लाकेनले मेटाको लागि काम गर्दै आएका छन् जसले एआईको विषयमा गरिएको टिप्पणीलाई बढाई चढाई गरिएको भनेर पनि बताएका छन् ।

अन्य केही विज्ञहरुले पनि एआईले मानव समाजलाई नस्ट गर्छ भन्ने विषय वास्तविक नभएको बताएका छन् । प्रिन्सन युनिभर्सिटीका कम्प्युटर बैज्ञानिक अरविंद नारायणनले साई–फाई विनाशकारी घट्नाक्रम वास्तविक नभएको बताएका छन् ।

त्यस्तै, अक्सफोर्ड इन्स्टिच्युट फर एथिक्स इन एआईका वरिष्ठ अनुसन्धान सहयोगी एलिजाबेथ रेनिरिस निकट भविष्यहरुका बारेमा चिन्तित छिन् । उनका अनुसार यसले यसकाने माध्यमबाट गलत जानकारी फैलिन सक्छ र वास्तविकता अगाडि नआउन सक्छ । यसले असमानता थप बढाउनसक्ने बताएकी छन् । एआईको कारणले मानव अस्तित्वमा नै खतरा पैदा हुनसक्ने चिन्ता सन् २०२३ को शुरुवातदेखि हुन थालेको छ । एजेन्सीहरुको सहयोगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.