तल्लो अरुण निर्माण गर्ने भारतीय कम्पनीलाई १५ वर्ष कर छुट, २१% बिजुली निःशुल्क दिनुपर्ने

  २०८० जेठ १४ गते १३:००     विकासन्युज

काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाको आयोजना विकास सम्झौता गर्ने निर्णय भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा बसेको बैठकले पीडीए गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री प्रचण्ड लगानी बोर्डको अध्यक्षसमेत हुन् ।

बैठकले गरेको निर्णय अनुसार तल्लो अरुण जलविद्युत आयोजना विकासको जिम्मा भारतीय कम्पनी सतजल विद्युत निगम (एसजेभीएन) ले कुल उत्पादन हुने ऊर्जाको २१ प्रतिशत नेपाल सरकारलाई निःशुल्क दिनुपर्ने भएको छ भने कम्पनीले विद्युत उत्पादन सुरु भएपछिको १५ वर्षसम्म आयकर छुट पाउने ।

उत्पादन हुन थालेपछि कम्पनीले ११ हजार अमेरिकी डलर प्रति महिना लगानी बोर्डलाई तिर्नुपर्नेछ भने २८ हजार डलर वातावरणीय शुल्कबापत सरकारलाई तिर्नु पर्ने सम्झौता भएको छ । ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति भारतीय कम्पनी एसजेभीएनसँग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.