मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले स्याङ्जाद्वारा बालगृहलाई खाद्यान्न सहयोग

  २०८० जेठ ३ गते २२:०७     विकासन्युज

स्याङ्जा । ३०औँ मदन-आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) स्याङ्जाले बालगृहलाई खाद्यान्न सहयोग गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी स्याङ्जा फेदीखोलमा रहेको एकमात्र बालगृह अमोर नेपाललाई सहयोग गरेको हो ।

अमोर नेपाल विदेशी दातृसँस्थाहरुबाट सहयोग नभई गण्डकी प्रदेशभित्रकै एकमात्र नमूना बालगृहको रुपमा परिचित रहेको छ । मदन-आश्रित स्मृति दिवसको अवसरमा नमूना बालगृहलाई छनोट गरेर सहयोग गरिएको एमाले स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’ले बताए । एमालेले बालगृहलाई चामल, दाल, तेल लगायतका सामग्री प्रदान गरेको छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सिता सुन्दास, अर्की केन्द्रीय सदस्य सिमा क्षेत्री, प्रदेश सभा सदस्य सुधिर पौडेल, एमाले प्रदेश कमिटि सचिवालय सदस्य रामबहादुर थापा र देवेन्द्र लम्साल, आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, फेदीखोला गाउँपालिका अध्यक्ष घनश्याम सुवेदी, फेदीखोला गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङ लगायत उपस्थित रहेका थिए । एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैरे ‘पारस’को अध्यक्षमा सञ्चालन भएको सो कार्यक्रमको सञ्चालन आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.