भरतपुरमा एक केन्द्रको मतदान स्थगित

  २०८० वैशाख १० गते १३:३८     विकासन्युज

काठमाडौं । चितवन-२ आज भइरहेको उपनिर्वाचनमा एक केन्द्रको मतदान स्थगित भएको छ । भरतपुर-११ को नयाँ किरण माविमा मतदान स्थगित भएको हो ।

मतदानस्थलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पुग्दा समर्थकले हुटिङ गर्दा अन्य पार्टीका कार्यकर्ताले प्रतिवाद गरेका थिए ।

मतदानस्थलभित्र नाराबाजी गरेपछि एमालेका समर्थकले प्रतिवाद गरेका थिए। एमाले समर्थकले किन होहल्ला गरेको भनेर प्रतिवाद गर्दा धकेलाधकेल भएको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.