रुससँगको सम्बन्धलाई उत्कृष्ट महत्व दिन्छौँ : अध्यक्ष तिमिल्सिना

  २०८० वैशाख ९ गते १३:४०     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाइ उत्कृष्ट महत्व दिदै आएको स्नष्ट पारेका छन् । रुसको औपचारिक भ्रमणमा नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेर रुस जानुभएका अध्यक्ष तिमिल्सिनाले रुसी अन्तराष्ट्रिय सम्बन्ध संस्थानमा बिद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालले रुस संगको सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिदै आएको बताएका हुन् ।

‘हामी रुससँगको हाम्रो सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिन्छौं, विकासोन्मुख देशका रुपमा नेपालका लागि रुससँगको सम्बन्ध सुदृढ गर्ने ठूलो अवसर छ’, उनले भने। अध्यक्ष तिमिल्सिनाले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसका बिचको ब्यापार र रुसबाट नेपाल आउने पर्यटकको संख्या बढाउने उपायहरु पनि खोज्ने आशा ब्यक्त गरे ।

नेपाल र रुस दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक काम भएपछि दुई देशका बीच धेरै उच्च आदान–प्रदान भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले सोभियत संघले नेपाललाई अस्पताल, सडक, जलविद्युत आयोजना र कारखाना निर्माणमा सहयोग गरेकोमा धन्यबाद पनि दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.