सरकार र राष्ट्र बैंक निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक छ : अध्यक्ष ढकाल

  २०८० वैशाख ८ गते १७:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधान नेपाल सरकार तथा निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

नुवाकोट उद्योग वाणिज्य संघको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् । उनले सरकार र राष्ट्र बैंकसँग मिलेर छिट्टै आर्थिक समस्या समाधानको उपाय निस्कने बताए ।

‘हामीले नेपाल सरकार र नेपाल राष्ट्र बैंक वर्तमान आर्थिक समस्या समाधान गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सकारात्मक पाएका छौं, अर्थमन्त्रीज्यू र गभर्नरज्यूले यसको समाधान गर्ने आश्वासन पनि दिनुभएको छ,’ उनले भने ।

ढकालले नुवाकोट जिल्ला संघीय राजधानीदेखि नजिक रहेको बताउँदै यहाँ कृषि, पर्यटन र जलस्रोतलगायत धेरै क्षेत्रकोे सम्भावना रहेको बताए । उनले यहाँका सम्भावित क्षेत्रमा आयोजनाहरु पहिचान गर्न सके त्यसमा पुँजी र प्रविधिको अभाव नहुने पनि बताए ।

‘तपाईहरुले यहाँका सम्भावित परियोजनाहरु छनौट गर्नुहोस्, यहाँका पर्यटन, कृषि र जलविद्युत कुन कुन क्षेत्रमा लगानीको सम्भावना छ, म व्यक्तिगत रुपमा वा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा यहाँहरुसँग सहकार्य गर्न तयार छु,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.