वैशाख ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द हुने

  २०८० वैशाख ५ गते १९:१५     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको वैशाख ७ गते बिहान बन्द हुने भएको छ ।

विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन युपिएस जडान गर्न विमान्स्थलको आन्तरिक र अन्तराष्ट्रिय उडान बिहान ६ घण्टा बन्द हुने भएको हो ।

विमानस्थल बिहान १ बजे देखि बिहान ७ बजेसम्म बन्द रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव बाबु तिवारीले जानकारी दिए ।

उक्त समयमा उडान रहेका यात्रुले सम्बन्धित एयरलाइन्स कम्पनीसँग सम्पर्क गर्ने विमानस्थलले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.