मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सले डाक्यो साधारण सभा, सेयरधनीको हात रित्तो

  २०८० वैशाख ५ गते ७:०५     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितीको बैशाख ४ गते बसेको बैठकले बैशाख २९ गते प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।

फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, कम्पनीको सभाले भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने ( एण्ड एक्विजिशन) सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ ।

फाइनान्सको साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.