क्याप्टेन रिजालले पाए निगमको अपरेशन विभागको जिम्मा

  २०८० वैशाख ४ गते १६:५८     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको अपरेशन विभागको जिम्मा क्याप्टेन श्रवण रिजाललाई दिइएको छ । निगमको एयरबस ३३० (वाइडबडी) जहाजका प्रशिक्षक पाइलस समेट रहेका बरिष्ठ क्यापटेन रिजाललाई सोमबारदेखि लागू हुनेगरी अपरेशन विभागको जिम्मा दिइएको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यअसघि योग्यता नपुगेका उद्धव घिमिरेलाई हटाएर रिजललाई जिम्मा दिएका हुन् ।

योग्यता नै नपुगेको घिमिरेलाई अपरेशन विभागको जिम्मा दिइएको भन्दै विरोध भएपछि उनलाई हटाएर रिजाललाई जिम्मेवारी दिइएको हो ।

योग्यता नै नपुगेको पाइटललाई अपरेशन विभागको जिम्मा दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसँष् स्पष्टीकरण समेत सोधेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.