नेप्सेमा नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन

  २०८० वैशाख ४ गते ७:१९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको मुल्य समायोजन भएको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मुल्यमा समायोजन गरेको हो ।

लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा सोमबार कारोबार हुनेछ ।

लघुवित्तको १५ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेल प्रतिकित्ता १ हजार २४७.८३ रुपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको हो । आइतबार लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ४३५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.