नेपालको अर्थतन्त्रमा एसबिआई बैंकको योगदान महत्वपूर्ण छ : अध्यक्ष खारा

  २०८० वैशाख ४ गते ७:१२     विकासन्युज

काठमाडौं । भरतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले नेपालको अर्थतन्त्रमा नेपाल एसबिआई बैंकको महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै अध्यक्ष खाराले अर्थतन्त्र विकास र विस्तारमा बैंकको ठूलो योगदान रहेको बताएका हुन् ।

साथै, उनले नेपाल सरकार र राष्ट्र बैंकका नीति दिर्देशनलाई पालना गर्दै बैंकिङ्ग सेवा प्रदान गरिरहेको बताए ।

‘नेपालको अर्थतन्त्र विकासमा नेपाल एसबिआई बैंकले टेवा पुर्याउदै आएको छ, सरकारका सबै निति निर्देशनलाई पालना गर्दै ग्राहकलाई नयाँ–नयाँ प्रडक्ट ल्याइरहेको छ, बैंकले क्यापिटल एडुकेसी रेसियो १३ प्रतिशतको सीमा कायम राख्न सफल छ,’ उनले भने ।

साथै, सेयरधनिहरुलो रोजाईको बैंक बन्न सफल भएको उनको भनाइ छ । बैंकले रेमिटेन्स भित्र्याउन पनि मद्दत गरिरहेको उनले बताए ।

‘जापान र अस्ट्रेलियाबाट रेमिटेन्स भित्र्याउन मद्दत गरिरहेको छ, भारतीय आर्मीबाट धेरै नेपालीले अवकाश पाउदै छन्, उनीहरुको लागि आकर्षक प्रडक्ट ल्याउने बैंकको तयारी छ,’ उनले भने ।

साथै, ३ दशकपश्चात् बैंकले आफ्नै हेड अफिसको भवन निर्माण गर्न सफल भएको उनले बताए । अब बैंकले ठूला जलविद्युत आयोजना र अन्य ठूला प्रोजेक्टमा लगानी गर्न तयार रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.