नेपाल एसबिआई बैंकको हेड अफिस कमलादीमा, भारतीय स्टेट बैंकका अध्यक्ष खाराले गरे उद्घाटन

  २०८० वैशाख ३ गते २०:११     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरिएको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले कमलादी स्थित बैंकको हेड अफिस (कर्पोरेट अफिस) कार्यालयको उद्घाटन गरेका हुन् ।

एक कार्यक्रमको आयोजना गरी भारतीय स्टेट बैंकका अध्यक्ष खाराले नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरेको बैंकले जनाएको छ । अब बैंकको सम्पूर्ण बैंकिङ्ग सम्बन्धी कार्य सोही कार्यालयबाट हुने बैंकले जनाएको छ ।

बैंकको कर्पाेरेट कार्यालय उद्घाटन कार्यक्रममा भारतीय स्टेट बैंकका प्रमुख कार्यकारी अधिकृत चल्ला श्रीनिवासुलु शेट्टी, नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सल, नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे रहेका थिए ।

साथै, नेपाल एसबिआई बैंकका सञ्चालक अप्सरा उप्रेति, स्वतन्त्र सञ्चालक गोपाल प्रसाद भट्ट, बैंकका उपमहाप्रबन्धक प्रियरंजन, नायब प्रमूख कार्यकारी अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत श्रीयादवेंद्र कांतको पनि उपस्थिती रहेको थियो ।

साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडांैैस्थित पशुपति क्षेत्र विकास कोषलाई सहयोग पनि गरेको छ । बैंकले कोषलाई हाई प्रेशर क्लिनर, वेट एण्ड ड्राई भ्याक्यूम क्लिनर र १० वटा डस्टबीन प्रदान गरेको जनाएको छ ।

हाल बैंकका ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिस रहेको बैंकले जनाएको छ । साथै १३० एटिएम मेसिनबाट बैंक्गि सेवा प्रद्यान गर्दै आएको बैंकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.