राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृशोक

  २०८० वैशाख ३ गते १९:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । डेपुटी गभर्नर मिश्रकी आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको हो ।

८४ वर्षको उमेरमा आफ्नै निवास दमक झापामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । स्वर्गीय मिश्रको वि.सं. १९९६ जेठमा जन्म भएको थियो । उनी लामो पेट सम्बन्धी रोगबाट ग्रसित थिइन् ।

पारिवारिक स्रोतका अनुसार उनलाई केही समय अघि अस्पतालबाट डिस्चार्ज गरेर घरमै राखिएको थियो । उनका श्रीमान होम बहादुर मिश्र हुन् । मिश्रका चार छोरा र दुई छोरीहरु छन् । डेपुटी गभर्नर बम बहादुर मिश्र उनका कान्छो छोरा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.