प्रभु बैंकका ग्राहकले दराजमा सपिङ गर्दा १ हजार रुपैयाँसम्म छुट पाउने

  २०७९ चैत २९ गते १७:११     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहाक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागु भइसेकेको छ ।

यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखी १४ सम्म डेबिट कार्ड मार्फत प्रीपेमेन्टमा ८ प्रतिशत वा अधिकतम ७५० रुपैयाँ बराबरको छुट पाउनेछन भने क्रेडिट कार्ड मार्फत १० प्रतिशत वा अधिकतम १ हजार रपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, ग्राहकहरुले २०२३ अप्रिल १५ देखी २० सम्म २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सकृय गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.