लक्ष्मी सनराइज बैंकले गर्यो काठमाडौंको कपनमा सेवा विस्तार

  २०८१ जेठ १३ गते १२:३४     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौंको कपनमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ ।

बैंकका अनुसार बुढानिलकण्ठ नगरपालिका-१०, कपनमा रहेका २ शाखा मध्ये रुद्रमती चोकको शाखा सोही नगरपालिकाको वडा न. १२ स्थित फैकामा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएको साविकको रुद्रमती चोकको शाखाका ग्राहकहरुले कपनकै पञ्चकन्या चोकमा रहेको अर्को शाखा मार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायहरुलाई सबै प्रकारका रिटेल बैंकिङ सेवाहरु प्रदान गर्नेछ ।

साथै, आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न बैंकले बर्दिबासमा रहेका आफ्ना २ वटा शाखा गाभी साविक सन्राइज बैंकको शाखा रहेको स्थान-औरही चोक (हालको स्थानभन्दा २०० मिटर पश्चिमतर्फ), बर्दिबास नगरपालिका-१, महोत्तरीबाट संयुक्त कारोबार सुरु गरेको छ ।

हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५५ शाखा, ३१९ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२९ शाखारहित बैंकिङ एजेन्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.